सांकेतिक तस्बिर

नेपालगञ्ज– प्रहरीले तीन सय ट्याब्लेट नाइट्रोभेटसहित एकजनालाई पक्राउ गरेको छ।

सीमावर्ती भारतीय बजारबाट नेपालगञ्ज प्रवेश गरेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीका सौगात शाहलाई प्रहरीले लागुऔषध नाइट्रोभेटसहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय, जमुनाहा अगाडि आइपुगेका शाहलाई शंका लागेर जाँच गर्दा नाइट्रोमेट बरामद भएको थियो। लागुऔषध नियन्त्रण ब्यूरोका हवल्दार गगन सुनारसहितको टोलीले लागुऔषधिसहित शाहलाई नियन्त्रणमा लिएको थियो।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्