रावलको राजीनामा रोक्न १२ सांसदसहित १७ जनाको टोली काठमाडौँमा

फाइल तस्बिर।

धनगढी– नेकपा एमाले नेता भीम बहादुर रावलको राजीनामा फिर्ता गराउनलाई दवाव दिन सुदूरपश्चिम प्रदेशबाट सांसद र मन्त्रीहरुको टोली काठमाडौँ गएको छ।

प्रदेशबाट १२ जना सांसद र माधव समूहका तर्फबाट मन्त्री बनेकाहरु मंगलबार काठमाडौँ गएका हुन्।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा अघिनै राजीनामाको घोषणा गरेका थिए।

साउन ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्