सामान्य विवादमा घरधनीकाे विभत्स हत्या, खुकुरीसहित समातिए घरका सहयाेगी

फाइल तस्बिर

विराटनगगर – उदयपुरमा घरमा काम गर्ने व्यक्तिले नै घरधनीको विभत्स हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ८ उत्राहीका ६५ वर्षीय महिकर चौधरीको बुधबार बिहान घरमा काम गर्दै आएका सहयाेगीबाट हत्या भएको हो।

प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सामान्य विषयमा भएको विवादले हत्याको रुपमा लिएको जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता गौतमका अनुसार हत्या आरोपी ४५ वर्षीय किसन सदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइसकेको छ।

बिहान करिब सवा ५ बजे सामान्य विषयको विवादका क्रममा सदाले चौधरीउपर पाँचपटकसम्म खुकुरी प्रहार गरेको खुलेको छ।

कामदारका रुपमा घरमा रहेका सदाले खुकुरीबाट चौधरीको घाँटीमा आक्रमण गरेका थिए।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्