८१ किलो ३५० ग्राम गाँजासहित एकजना पक्राउ

सांकेतिक तस्बिर

मकवानपुर – मनहरि गाउँपालिका–८ हेटौँडा नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अबैधरुपमा ल्याइएको लागुपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ।

मनहरिका प्रहरीले बिहान ३ः०० बजे सडकमा रोकिराखेको ना८ख ८२८४ नम्बरको ट्रकभित्र खानतलासी गर्दा ८१ किलो ३५० ग्राम गाँजा फेला पारेकाले चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए।

ट्रक चालक मकवानपुरकै राक्सिराङ गाउँपालिका–४ बस्ने वर्ष ३५ का बाबुराम नेगी रहेका र घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्