बिपी प्रतिष्ठान धरानमा कोरोना संक्रमित एक महिलाको मृत्यु

मोरङ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान १५ की ४० वर्षीया महिलाको बुधबार बिहान करिब ९ बजे उपचारका क्रममा मृत्यु भएको हो।

मृगौला सम्बन्धी समस्याबाट पीडित महिलामा असार ३० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको उनले जानकारी दिए। संक्रमण पुष्टि भएसँगै असार ३१ गते उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो।

यससँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणका कारण ३ सय ३ जनाको मृत्यु भएको छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्