मेलम्चीका बाढी पीडितलाई आर्थिक सहयोग

फाइल तस्बिर।

सिन्धुपाल्चोक – मेलम्चीका बाढीपहिरो पीडितलाई टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले १८ लाख ३६ हजार १०५ नगद सहयोग गरेका छन्।

उनले उक्त रकम मेलम्ची नगर प्रमुख डम्बर अर्याललाई बुधबार हस्तान्तरण गरेका हुन्। उक्त रकम असार १ गते आएको बाढीका कारण मेलम्ची नपामा पूर्णरूपमा क्षति भएकामध्ये अतिप्रभावित कमल श्रेष्ठ, ङयन्द्रप्रसाद दुलाल हीराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठलाई तीन लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कँडेलले जानकारी दिए।

सो अवसरमा कँडेलले रेडियो मेलम्चीलाई ५० हजार रुपैयाँ प्रदान गरेका छन्। स्विडेनमा रहेका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा संकलन गरिएको १५ हजारसहित ५० हजार कँडेलले रेडियोका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गरेका हुन्।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्