सन् २०३२ को ओलम्पिक खेलकुद अस्ट्रेलियाको ब्रिसबेनमा हुने

ब्रिसबेनस्थित रंगशाला। फाइल तस्विर

सन् २०३२ हुने ओलम्पिक खेलुकद अस्ट्रेलियाको ब्रिसबेन शहरले आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्यहरुले बहुमतसहित ब्रिसबेनलाई आयोजक चुनेका हुन्। ब्रिसबेन ओलम्पिक खेलकुद आयोजना गर्ने तेस्रो अस्ट्रेलियन शहर हुने छ। यसअघि सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले आयोजना गरेका थिए।

८० सदस्यमध्ये ७२ ले ब्रिसबेनको पक्षमा मत दिएका थिए। आयोजनाको दावेदारीमा अरु कुनै शहर थिएनन्। ओलम्पिक खेलकुदको आगामी संस्करण शुक्रबारदेखि जापानको टोकियोमा सुरु हुँदै छ। सन् १८९६ देखि ओलम्पिक आयोजना सुरु भएको हो।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्