भीम रावललाई फकाउन टोखा पुगे माधव नेपाल

काठमाडौँ-  एमालेका वरिष्ठ नेता माधव नेपालसँग असन्तुष्ट भएर सांसद पदबाटै राजीनामा दिएका भीम रावललाई फकाउन नेता नेपाल स्वयम् रावलको निवास टोखा पुगेका छन्।

नेता नेपालसँग असन्तुष्ट रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए। यद्यपि उनको राजीनामा फिर्ताका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एमालेका प्रदेश सांसदहरु पनि दबाब दिइरहेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नदिन रावलले आग्रह गरे पनि नेपालले अस्वीकार गरेपछि चिढिएका रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।

नेपालसहित २२ जना सांसदले भने देउवाका पक्षमा नै मतदान गरेका थिए।

आफूसँग चिढिएका रावललाई फकाउन बुधबार साँझ टोखा पुगेका नेपालले उनीसँग लामो वार्तालाप गरिरहेको नेपाल निकट स्रोतले जानकारी दिएको छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्