भीम रावललाई भेटेर फर्के नेता नेपाल

काठमाडौँ- सांसद पदबाट केही दिनअघि राजीनामा दिएका भीम रावललाई भेटेर एमाले वरिष्ठ नेता माधव नेपाल फर्केका छन्।

नेता नेपालसँग असन्तुष्ट भई रावलले आइतबार सांसद पदबाट राजीनामा दिएका थिए।

रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन नेता नेपालले आग्रह गरेका थिए।

रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका नेताहरुले आग्रह गरिरहेका छन्।

नेता नेपालले बुधबार रावलसँग करिब दुई घन्टा बिताएका थिए।

 

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्