विश्वास खतरनाक हुन्छ भन्दै आदित्यनाथले दूध चढाएको तस्विर बाबु्रामले सेयर गरेपछि गालीको ओइरो

काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दुूध चढाएको तस्विर सेयर गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा उनलाई गाली गर्नेको ओइरो लागेको छ।

बाबुरामले आदित्यनाथसहितले दुध चढाइरहेको तस्विरमाथि ‘विश्वास खतरनाक चिज हो। यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ लेखिएको ‘इमेज’ सेयर गरेका थिए। भारतमा रहेका आफ्ना ‘क्लासमेट’ले पठाएको उल्लेख गर्दै बाबुरामले उक्त इमेज सेयर गरेका छन्।

त्यसमा प्रतिक्रिया दिँदै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख  डा. विजय चौथाइवालेले इदको दिनमा यस प्रकारको तस्विर सेयर गरेपछि बाबुराम र उनका सहपाठीले हिन्दु विश्वास र संस्कारलाई ‘इन्सल्ट’ गर्छन् भन्ने स्पष्ट भएको उल्लेख गरेका छन्।

यसैगरी बद्रीनाथ झाको प्रतिक्रिया छ- आदित्यनाथले खोलामा दूध बगाउँदा कटाक्ष गर्दै ट्वीट गर्ने पात्रले ‘अनेकौं नेपालीको रगत खोलामा बगाएको’ मा आज सम्म क्षमा गरेका छैनन् नेपालीले। तपाईंको विकास प्रतिको हुटहुटी र सादगीपनको म प्रसंशक। तर,यस्ता क्षुद्रतामा न‌अल्झिनूस् भन्न चाहें।

यसैगरी मनीषकुमार मण्डलले दुधमा ‘फ्याट’ हुने र पिसाबमा मानिसको शरिरलाई फाइदा पुग्ने पदार्थ रहेको भन्दै केही अनुसन्धान गर्न भट्टराईलाई सुझाव दिएका छन्। उनले धार्मिक विश्वाससँग स्वास्थ्य सम्बन्धी पनि विश्वास जोडिने भन्दै आदित्यनाथलाई ‘ट्याग’ गरे उनले धार्मिक तथ्यहरु बुझाउने भन्दै व्यङ्ग्य गरेका छन्।

सुदुर पश्चिमेली नामक ट्विटर ह्यान्डलबाट माओवादीबाट हत्या गरिएका शिक्षक मुक्तिनाथ अधिकारीको तस्विरसहित प्रतिक्रिया  भएको छ- संस्कृत पढाउँदा पढाउँदै एउटा शिक्षकलाई जबर्जस्ती घिसारेर यसरी हत्या गर्ने १७ हजारको हत्यारो मुस्लिमहरुको इद को दिनमा हिन्दूहरुले पवित्र गंगामा मानव कल्याणको लागी दुध अर्पण गरेको लाई खतरानाक भन्दैछ। बिदेशीको जुठोमा पालिएको हत्याराको नाइकेबाट साबधानी।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्