प्रदेश १ मा ४६७ कोरोना संक्रमित थप, ३५७ संक्रमणमुक्त र १४ जनाको मृत्यु

मोरङ – प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ६७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार प्रदेशका विभिन्न स्थानमा १ हजार ६ सय ८ जनाको पिसिआर परीक्षणका क्रममा २ सय २१ महिला र २ सय ४६ पुरुष गरी कुल ४ सय ६७ जनामा संक्रमण पुष्टि गरेको छ।

यस क्रममा झापामा १ सय ७३, मोरङमा १ सय ३५, सुनसरीमा १ सय ६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। मन्त्रालयका अनुसार झापाको दमकमा ५०, बिर्तामोडमा ४८, कनकाई र भद्रपुरमा समान १६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा समान १ जनामा संक्रमित थपिएका छन्।

मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बूढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा समान १ जनाको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको छ।

सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा समान २, दुहवी र स्थानीय तह नखुलेका समान १ जनामा समेत संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पहाडी क्षेत्रतर्फ, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रिबासमा ६, सहिदभूमि र छथरमा समान १, इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेकामा समान १, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा समान १, संखुवासभाको खाँदबारीमा २, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी, प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ६ सय ५७ पुगेको छ। संक्रमितमध्ये ७२ हजार ९० संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, बुधबार ३ सय ५७ संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६ हजार ७४े छ। बुधबार प्रदेशका विभिन्न स्थानमा ६ महिला र ८ पुरुष गरी कुल १४ जनाको मृत्यु भएको छ। यससँगै प्रदेशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९३ पुगेको छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्