विप्लवसँग तीनबुँदे सहमति कार्यान्वयन गर्ने देउवाको प्रतिबद्धता

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

विप्लवले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग भेट गरेका हुन्।

भेटमा विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको बताइएको छ। त्यसक्रममा प्रधानमन्त्री देउवाले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताएका थिए।

पछिल्लो समय विप्लवले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन्। उनले यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, बाबुराम भट्टराई, केपी ओली लगायतका नेताहरुसँग भेटवार्ता गरिसकेका छन्।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्