नहरमा पौडी खेल्ने क्रममा डुबेर बाँकेमा तीन जनाको मृत्यु

सांकेतिक तस्बिर।

नेपालगञ्ज – बाँकेको कोहलपुरमा पौडी खेल्ने क्रममा तीन जनाको डुबेर मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरको डुडुवा खोलामा रहेको बन्दा नहरमा पौडी खेल्न पुगेका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी रविन्द्र खनालका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–११ का १६ वर्षीय अरिब जसगढ, १७ वर्षका अरमान जसगढ र सदरलाइन बस्ने १८ वर्षका रासिद जसगढको डुबेर मृत्यु भएको हो।

बुधबार अपराह्न ५ः०० बजे कोहलपुर नगरपालिका वडा नं. १०, चटारमा पर्ने बन्दामा पौडी खेल्ने क्रममा केही व्यक्ति डुबेको खबर पाएपछि पुगेको प्रहरीले तीन जनाको शव निकालेको थियो।

शव पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा ल्याइएको छ।

साउन ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्