झापाका पुराना पत्रकार धितालको निधन

झापा – झापाका पुराना पत्रकार केशव धितालको निधन भएको छ।

नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा ऋषि पुस्तक भण्डार बिर्तामोडका पुराना व्यवसायी ७२ वर्षिय केशव धितालको निधन भएको हो।

उनको बुधबार राति ८.४५ बजे काठमाडौंमा निधन भएको हो। मुटु रोग लगायतका समस्याबाट गम्भीर अस्वस्थ भइ उनको मनमोहन अस्पताल सितापाइला काठमाडौंमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा उनको निधन भएको आफन्तले जनाएका छन्।

साउन ७, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्