काठमाडौँ– बिहीबार काठमाडौँमा ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित ‘प्रतिरोध सभा’को आयोजना गरिएको छ।

माइतिघर मण्डलाबाट सुरु भएको प्रतिरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो।

सभामा सहभागीहरुले महिला हिंसा, भ्रष्टाचार, अनियमितता लगायतको विरोध गरेका छन्। उनीहरुले ‘यस्तो थिति फालौँ, आउनुस् नयाँ थालौँ’, ‘घरभित्र बस्यो हिंसा छ, घरभित्र बस्यो हिंसै छ, दिदी र बहिनीको संसार, हत्या र बलात्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

यस्तै प्रतिरोध सभामा कविता वाचन, सांगीतिक प्रस्तुती र नाट्य प्रस्तुती पनि प्रस्तुत गरिएको थियो।