भर्जिनियाको ‘बिच’ मा श्रीमानसँग रमाउँदै अञ्जु पन्त

काठमाडौँ– लोकप्रिय गायिका अञ्जु पन्त हिजोआज अमेरिका छिन्। झण्डै १ महिना अगाडि उनले आफू केही समयको लागि अमेरिकामा रहने जनाएकी थिइन्।

अमेरिकामा केही सांगीतिक कार्यक्रममा सहभागी भइरहेकी पन्त हिजो आज भने आफ्ना श्रीमान् थिर कोइरालासँग रमाइरहेकी छन्।

जुन २९ मा अमेरिका पुगेकी अन्जुले जुलाई १७ मा श्रीमान थीर कोइरालालाई अमेरिकामा स्वागत गरिन्।

अहिले यो जोडी साथीहरुको साथमा अमेरिकाको विभिन्न शहरहरु घुमिरहेको छ।

अञ्जुले आफ्नो फेसबुकमा श्रीमान् थीर कोइरालासँग ‘बिच’मा रमाइ रहेको तस्बिर राखेकी छन्। भर्जिनियाको बिचमा उनी श्रीमान् कोइरालासँग बालुवामा रमाइरहेकी छन्। गायिका पन्तले गएको वर्ष प्रेमी थिर कोइरालासँग प्रेम विवाह गरेकी थिइन्।

 

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्