काठमाडौँ– नेकपा एमाले केपी शर्मा ओली निकट युवा संघले काठमाडौँमा मार्च पास गरेको छ।

काठमाडौँका विभिन्न स्थानबाट युवा संघ अन्तर्गत गठित युथफोर्सको र्‍याली निकालिएको हो। ओली निकट युवा संघले आज युथ फोर्स भ्याली कमाण्ड घोषणा तथा सपथ कार्यक्रम गर्दैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा तथा सपथ कार्यक्रम हुने बताइएको भएपनि अन्तिम समयमा उनको सट्टा महासचिव ईश्वर पोखरेल कार्यक्रममा उपस्थित भएका छन्। बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उक्त कार्यक्रम हुँदैछ।

केही दिनअघि युवा संघले युथ फोर्स ब्यूँताउने घोषणा गरेको थियो। उक्त घोषणाको एमालेभित्रै विरोधसमेत भइरहेको छ।

एमाले नेता योगेश भट्टराईले आतंकको आभास दिने युथ फोर्स, अखिल फोर्सजस्ता संगठन खारेज गर्न माग गरेका छन्।