ताम्राकार कम्प्लेक्स पाकोमा रक्तदान सम्पन्न

काठमाडौँ– काठमाडौँको नयाँ सडकस्थित ताम्राकार कम्प्लेक्स पाकोमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

लायन्स क्लब अफ काठमाडौँ समर्पणको अध्यक्षमा लवेद्रसिंह मल्ल नियुक्त भएको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालयका डीआईजी उत्तमराज सुवेदी विशेष अतिथि एमाले केन्द्रीय कार्यकारिणी सदस्य रवीन्द्रमान श्रेष्ठले कोभिड–१९ को बीचमा गरिएको रक्तदान कार्यक्रमको महत्व धेरै भएको बताए।

उक्त रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको लायन्स क्लब अफ काठमाडौँ समर्पणका अध्यक्ष लवेद्र सिंह मल्लले जानकारी दिए।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्