गाई काटेको आरोपमा संखुवासभामा ६ जना पक्राउ

सांकेतिक तस्बिर

किमाथाङ्का– संखुवासभामा मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन्।

मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताए।

पक्राउ परेको सबै जनामाथि गौ वध सम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ। सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ।

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्