धन्य हो गुरु

सुवास खतिवडा-

आज छोरीलाई लेख्न सिकाउँदै गर्दा महसूस गरियो

कति कठिन काम हुँदो रहेछ

‘ क ‘ लेख्न सिकाउनलाई

धन्य हो गुरु…

 

तपाईँले ‘A सिकाउनु भयो

त्यसैले त मैले ‘APPLE’ जाने

Now I can speak,

understand and write English

धन्य हो गुरु…

 

उठबस गर्दा,

खुट्टा बहुत दुखेको थियो

तर आज पनि गर्व गर्न सक्छु,

मैले आधा विश्वको भूगोल जानेको छु

धन्य हो गुरु…

 

इतिहासका पानाहरु

त्यति बेला नपल्टाको भए

गर्व का साथ् म नेपाली हूँ,

इतिहास सांछी छ भन्न कहाँ पाइन्थ्यो र ?

धन्य हो गुरु…

 

डस्टरले हातमा

धेरै चोटी छाप बसाको थियो,

कविताको अर्थ लेख्न नजानेर

तर आज कविता लेख्न जानेको छु

धन्य हो गुरु…

 

यो ब्रमाण्ड

पार पाउन नसकिने ठूलो छ

“Literal meaning of Virus is poison ”

यस्तै यस्तै, ती विज्ञानका ज्ञानहरु दिने

गुरु पनि ब्रमाण्ड भन्दा साना कहाँ छन् र ?

धन्य हो गुरु…

 

कान समातेर

गणित नासिकाको भए

मैले आज मेरो तलबको

हिसाब गर्न पनि सक्थिन होला

धन्य हो गुरु…

 

गायत्री मन्त्रको

उत्चारणसँगै सुरु हुन्छ मेरो हरेक बिहानी

त्यति शक्तिशालि मन्त्र

विधिवत ग्रहण गरेको छु मैले

धन्य हो गुरु…

 

साइकल चलाउन जान्ने बितिकै,

मोटर साइकल को ह्यान्डल समात्न नासिकाको भए

८०-९० को रफ्तार को अनुभूति कहाँ हुन्थ्यो र ?

धन्य हो गुरु…

 

यो Clutch, यो Gear, यो Brake,

अनि Steering समातेपछि त आज

त्यत्रो machine गुडाएको छु मैले

धन्य हो गुरु…

 

Behavior, Corporate Culture, Relationship management, Sales, Marketing….. पढे पछि,

प्राक्टिकल गर्दा सिकेका ज्ञान सबै भन्दा ठूला हुँदा रहेछन्

मेरो corporate का Senior तथा साथीहरु

धन्य हो गुरु…

 

लेख्दै जाने हो भने

सायद संसारकै

सबै भन्दा लामो काव्य नै तयार हुन्छ,

गुरुको महिमा अपरम्पार

छोटकरीमा फेरि भन्छु

धन्य हो गुरु …

 

साउन ९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्