झापाको शिवसताक्षी नगरपालिकामा पनि लकडाउन घोषणा

झापा – कोराना भाइरसको संक्रमणको जोखिम नियन्त्रण गर्न भन्दै झापाको शिवसताक्षी नगरपालिकाले पनि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ।

शिवसताक्षी नगरमा सोमबार रातिदेखि ‘लकडाउन’ गरिने भएको नगरपालिका कार्यालयले जनाएको छ।

आइतबार नगरप्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा बसेको सर्वदलीय तथा सिसिएमसीको पूर्ण बैठकले ७ दिन अवधिका लागि आवातजावतमा पूर्ण रोक लगाउने गरी ‘लकडाउन’ गर्ने निर्णय गरेको हो।

साउन ११ गते सोमबार राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्म हाइवे बाहेकका सबै सडकमा आवत जावत रोक्ने निर्णय गरिएको छ ।

नगर तथा वडा कार्यालयका अत्यावश्यक काम बाहेक सबै बन्द हुने छन्।

 

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्