ग्राण्डीका ‘बेस्ट डाक्टर’को मेडिकल लाइसेन्स नक्कली !

काठमाडौँ- राजधानीको एक चर्चित अस्पतालमा काम गरेर ‘बेस्ट डाक्टर’को अवार्डसमेत पाएका व्यक्तिको मेडिकल लाइसेन्स नक्कली भएको दावी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले गरेको छ।

ललितपुरको ललितपुर महानगरपालिका-२ ठेगाना भएका ३६ वर्षीय विजय श्याम रन्जितले कीर्ते गरी नेपाल मेडिकल काउन्सिल-एनएमसीको लाइसेन्स बनाएको सीआईबी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।

उनका अनुसार रन्जितले सन् २०१२ मा एनएमसीमा लाइसेन्सका लागि परिक्षा दिएपनि फेल भएपछि सोही वर्ष काउन्सिलको स्थायी दर्ता प्रमाणपत्रमा छाप र दस्तखत कीर्ते गरी लाइसेन्स निकालेका थिए।

चीनबाट एमबीबीएस अध्ययन पूरा गरेका रन्जितलाई २०७०/७१ मा ग्राण्डी अस्पतालले वर्षकै सर्वोत्कृष्ट डाक्टर घोषणा गरेको प्रहरीले जनाएको छ।

‘उनले ग्रान्डीमा जागिर खाँदा नक्कली लाइसेन्स पेश गरेको बुझिएको छ’, डीआईजी सिंहले भने।

साउन १०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्