लण्डनमा भीषण वर्षासँगै भल–बाढी

चट्याङ्गसहितको भीषण वर्षाका कारण लण्डनको विभिन्न क्षेत्रमा भल–बाढी आउँदा जनजीवन प्रभावित भएको छ ।

पानी तीव्र गतिमा बढ्न थालेसँगै लण्डनका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको तथा अण्डरग्राउण्ड मागैहरु प्रभावित भएको उल्लेख छ ।

बाढीका कारण बाटो अवरुद्ध हुनुका साथै घरका तल्लो वा अण्डरग्राउण्डमा पानी पसेको हो।

आइतबार केही घण्टाको अन्तरालमा परेको पानीका कारण भल–बाढी आएको हो । अधिकारीहरुले सर्वसाधारणलाई जोखिमपूर्ण अवस्थामा यात्रा नगर्न सुझाव दिएका छन् ।

इंग्ल्याण्डको दक्षिण–पूर्वी क्षेत्रमा बढि प्रभाव परेको हो । केही क्षेत्रमा ७५ देखि १०० मिलिलिटिर पानी पर्ने अनुमान छ ।

लण्डनका दुई क्षेत्रमा बाढीको जोखिम रहेको स्थानीय वातावरण एजेन्सीले बताएको छ । लण्डन र आसपासका क्षेत्रमा पानी पर्ने र बाढी आउने जोखिम रहेको उल्लेख छ ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्