देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभरको मौसम सोमबार सामान्यदेखि पूर्ण बदली भइ धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर मनसुनी वायुको प्रभावका कारण अहिले सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाअउन मौसमविदले आग्रह गरेका छन् ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्