१३ वर्षीया जापानी किशोरीले जितिन् ओलम्पिकमा स्वर्ण

जापानकी १३ वर्षकी किशोरी मोमिजी निशियाले जारी टोकियो ओलम्पिकमा स्वर्ण पदक जितेकी छन्।  उनले स्ट्रिट स्केटबोर्डिङ्गमा स्वर्ण पदक जितेकी हुन्।

उनी सबैभन्दा कम उमेरमा ओलम्पिक स्वर्ण पदक जित्ने जापानी खेलाडी बनेकी छन्।

ब्राजिलकी रायसा लिअलले रजत र जापानकी फुना नाकायमाले काश्य पदक जितेकी छन्। उनीहरु १३ देखि १६ वर्ष उमेरका हुन्।

स्केटबोर्डिङ्गले यही ओलम्पिकदेखि प्रवेश पाएको हो।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्