ओलम्पिक स्वर्ण जित्ने टम डेलीकाे सपना पूरा

स्वर्ण पदकका साथमा टम डेली र म्याटी ली । तस्बिर : एडम डेभी/पिए

बेलायतका टम डेलीले ओलम्पिक स्वर्ण पदक जित्ने सपना अन्ततः पूरा गरेका छन्।

जापानको टोकियोमा जारी ओलम्पिक गेम्सको क्रममा बेलायतका ‘डाइभर’ डेलीले १० मिटर सिङ्क्रोनाइज्ड प्लाटफर्म स्पर्धामा म्याटी लीसँगै स्वर्ण पदक जितेका हुन्।

निकै प्रतिस्पर्धात्मक फाइनलमा बेलायती जोडी डेली र लीले चीनका काओ युएन र चेन एइसेनलाई पछि पारेर स्वर्ण पदक जितेका हुन्।

युएन र एइसेनको डाइभ हेरिरहेका डेली र लीले आफूहरु विजयी भएको थाहा पाएपछि ‘वाइल्ड सेलिब्रेसन’ गरे। अहिलेसम्म बेलायतले तीन स्वर्ण पदक जितेको छ।

२७ वर्षका डेलीले चौथोपटकको सहभागितामा ओलम्पिक स्वर्ण पदक जितेका हुन्। ओलम्पिक च्याम्पियन बन्दाको खुशी र त्यो क्षेत्र आफूले व्यक्त गर्नै नसक्ने डेलीले बिबिसीसँग बताएका छन्।

डेलीका लागि टोकियो ओलम्पिक स्वर्ण पदक जित्ने सम्भवतः अन्तिम अवसर थियो र उनले यसमा सफलता पनि पाए।

उनी विश्वका उत्कृष्ट खेलाडीसँगै एलजिबिटिक्यूआइए प्लस समुदायको अधिकारको पक्षमा बोल्ने व्यक्ति पनि हुन्।

आफ्नो यौनिक पहिचान खुलाएर ओलम्पिकमा सहभागी भएका डेली ओलम्पिक स्वर्ण जित्ने समयौनिक खेलाडी पनि हुन्।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्