टोकियो ओलम्पिकका विजेतालाई पदक लिँदा ३० सेकेण्ड मास्क खोल्न अनुमति

जारी टोकियो ओलम्पिक खेलकुदमा विजेता खेलाडीलाई पदक ग्रहण गर्दा ३० सेकेण्ड मास्क खोल्न अनुमति दिइएको छ।

अन्तर्राष्ट्रिय ओ‌लम्पिक कमिटी-आईओसीले कोभिड प्रोटोकल केही खुकुलो बनाएको हो। पदक विजेता खेलाडीलाई तस्विर खिच्नका लागि उक्त समय मास्क खोल्न दिइन लागिएको जनाएको छ।

पोडियममा रहेका बेला खेलाडीले यो अवसर प्राप्त गर्नेछन्। त्यसअघि आईओसीका प्रवक्ता मार्क एडम्सले पदक जितेपछि खुसीयाली मनाउँदा पनि मास्क लगाउन खेलाडीलाई आग्रह गरेका थिए।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्