एनएमबि बैंकको अटो लोन २४ घण्टाभित्रै स्वीकृत हुने

काठमाडौँ– एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ।

निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको हो।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पुर्‍याउने विश्वास लिइएको छ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्