घाट टाढा हुँदा अन्तिम संस्कारमा कठिनाइ

सिमकोट– स्थानीयको मृत्यु हुँदा अन्तिम संस्कार गरिने खार्पुघाट टाढा हुँदा मृत्यु संस्कार गर्न कठिन हुने गरेको छ।

नदी किनारमा अन्तिम संस्कार गर्दा पुण्य प्राप्ति र संस्कार गर्न सहज हुने चलनका कारण दुःखै गरी अन्तिम संस्कार गर्ने परम्परा छ।

हुम्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाको सिमकोट गाउँबाट कसैको मृत्यु हुँदा दुई घण्टा पैदल यात्रा गरेर कर्णाली नदी किनार खार्पु दोभानका लगेर अन्तिम संस्कार गर्ने गरिएको स्थानीय कैलाश रोकायाले बताए।

बाजा बजाएर शव लैजाने गर्दा समय पनि धेरै लाग्छ। नदी किनारमा दाहसंस्कार गर्नुपर्ने चलनले पनि जो–कसैको मृत्यु हुँदा लिनै पर्ने हुन्छ।

बीचबीचका खोला भेटिए पिण्ड दिने, दान गर्ने चलन पनि छ। अझ टाढाको नदीको कारण हिउँ पर्ने र वर्षा भएका बेला भने मलामीले निकै कष्ट झेलेर लासको व्यवस्था गर्नुपर्ने बाध्यता पनि उस्तै छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्