कोसीमा दाउरा छान्ने क्रममा डुबेर बालकको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम – कोसीमा दाउरा छान्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।

भारतको विहार राज्य सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत–७ का सीताराम मुखियाको ८ वर्षीय छोरा विकासकुमारको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

भारतको विहारमा घर भएका बालक हनुमाननगर कंकालिनी नगरपालिका–१४ स्थित आफ्नो मामाघर आएका थिए।

यहाँ आएपछि दाउरा छान्न कोसीमा गएकोमा सोमबार करिब साढे चार बजे डुबेर मृत्यु भएको स्थानीयले प्रहरीलाई जानकारी दिएको प्रवक्ता काफ्लेले बताए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्