मञ्जुश्री फाइनान्सले संस्थापक समूहअन्तर्गत सेयर बिक्री गर्ने

काठमाडौँ– मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक समूहअन्तर्गत १२ हजार पाँच सय ८७ कित्ता सेयर बिक्री गर्ने भएको छ।

संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ।

साथै, संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो–कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले साउन १४ गतेदेखि भदौ ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्