के के भयो मन्त्रिपरिषद् बैठकका निर्णयहरु?

सरकारले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका, जेलमुक्त भएका तथा बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च ब्यहोर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यसका लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आबश्यक रकम निकासा गर्ने समेत निर्णय गरेको छ।

राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय समेत भएको छ।

यस्तै विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बिकास संस्था मार्फत आयोजना संचालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय पनि भएको छ। बैठकले कोभिड –१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारिले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण ब्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने निर्णय गरेको छ।

साथै सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरुको लागि ३५ जना, सोही आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी आयोगको म्याद समाप्त भए स्वत खारेज हुने गरि चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत गर्ने निर्णय गरेको छ।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्