राकुटेन भाइबरले सुरु गर्‍यो स्वप्न सुमनको साथ स्टिकर प्याकको सहकार्य

काठमाडौँ– राकुटेन भाइबरले नेपालको चर्चित गायक स्वप्न सुमनको साथ आफ्नो पहिलो स्थानीय अडियो स्टिकर प्याक सुरु गर्न सहकार्य गरेको छ।

अडियो स्टिकर भाइबरमा विशेष रूपमा उपलब्ध हुनेछ र यो सबै नेपाली प्रयोगकर्ताका लागि निःशुल्क पनि हुनेछ। प्याकमा उनको एल्बमको सबैभन्दा लोकप्रिय ट्र्याक र उनको आगामी नयाँ एल्बम, ‘प्रतिकृति’ को नयाँ गीत ‘एकभन्दा दुई’ को केही अंश सामेल छन्।

स्टिकर प्याक डाउनलोड गर्दा प्रयोगकर्ता स्वचालित रूपमा स्वप्न सुमनको भाइबर कम्युनिटीमा सामेल हुनेछन् जहाँ उनीहरू गायकसँग अझ नजिकिन सक्नेछन्, उनको सांगीतिक यात्रासँग अपडेटेड हुन सक्नेछन् र उनीसँग कुराकानी गर्ने मौका पनि पाउनेछन् ।

भाइबरमा आउने उनको अडियो स्टिकर प्याकबारे स्वप्नले भने, ‘यो मेरो भाइबरसँग मिलेर काम गरिरहेको दोस्रो पटक हो र म यो अवसर पाएकामा निकै सम्मानित छु। यो मेरा लागि एक रमाइलो अनुभव हो र यो स्टिकर प्याक सिर्जना गर्दा मलाई धेरै रमाइलो पनि भयो। मलाई आशा छ कि मेरो गीतको भाग भएका यी अडियो स्टिकरहरूले भाइबरमा सबैको कुराकानी र अनुभवलाई रोमाञ्चक बनाउनेछ।’

स्वप्नले २०२० मा भाइबरसँग सहकार्य गरी आफ्नो पहिलो स्टिकर प्याक सुरु गरेका थिए। जसमा उनका गीत, फ्यानडमबाट फोटा र उद्धरणहरू प्रस्तुत गरिएको थियो।

अप्रिल २०२० मा रिलिज भएको उनको सबैभन्दा लोकप्रिय गीत ‘नबोली तिमी बुझिदेऊ’ को पनि भाइबर एक हिस्सा थियो । र यस वर्ष पनि भाइबरसँग मिलेर उनको नयाँ गीत ‘एकभन्दा दुई’ लाई ३० जुलाई, २०२१ मा रिलिज गर्न सँगै काम गरिरहेका छन्।

भाइबरको अडियो स्टिकरको माध्यमबाट स्वप्नको नयाँ गीतको झलक सुन्न स्वप्न सुमनका प्रशंसक अर्थात् स्वप्नरसका लागि यो ठूलो अवसर पनि हो।

‘भाइबर स्टिकर प्याक हाम्रो मेसेजिङ एपमा सधँै लोकप्रिय फिचर भएको छ र अडियो स्टिकरको सुरुवातले कुराकानीलाई अझ रमाइलो र अर्थपूर्ण बनाउनेछ’, राकुटेन भाइबरको एप्याकका वरिष्ठ निर्देशक डेभिड चेले भने।

उनले यो पनि थपे, ‘हामीलाई गत वर्ष स्वप्नसँग मिलेर काम गर्न निकै रमाइलो लागेको थियो र यस वर्ष पनि उनको नयाँ गीतको सुरुवातको एक हिस्सा हुन पाउँदा हामी धेरै खुसी छौं। यो हाम्रो प्रयोगकर्ताका लागि पनि धेरै रमाइलो हुनेछ ।’

प्रस्तुत अडियो स्टिकर प्याक स्वप्न सुमनको आधिकारिक भाइबर कम्युनिटीसँग जोडिएको छ जहाँ उनका फ्यानले स्वप्नसँग भिडियो कल गर्न, उनीसँग उनैका गीत गाउन र कुनै गीतका लागि अनुरोध पनि गर्न सक्नेछन्। र, ती व्यक्ति जसले शब्दले मात्र आफूलाई व्यक्त गर्न सक्दैनन्, यो स्टिकर प्याकले स्वप्न सुमनको लोकप्रिय हिट गीतको अडियोका साथ उनीहरूको च्याटलाई जीवन्त बनाउनेछ।

कुराकानीलाई अझ राम्रो ढंगमा अभिव्यक्त गर्न र रमाइलो बनाउन दुवै एन्ड्रोइड र आइफोनमा अडियो स्टिकर प्याक डाउनलोड गर्नुपर्ने छ।
स्टिकर प्याक डाउनलोडका लागि २९ जुलाई २०२१ मा उपलब्ध हुनेछ ।

 

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्