कञ्चनपुरमा सामाजिक हिंसा र लागुऔषध रोकथाम अभियान सुरु गरिने

काठमाडौँ– कञ्चनपुरमा प्रहरीको सहकार्यमा सामाजिक हिंसा न्यूनिकरण तथा लागु‍औषध नियन्त्रणका लागि अभियान सुरु गरिने भएको छ।

‘समाजिक हिंसा न्यूनीकरण तथा लागुऔषध रोकथाममा प्रहरीसँग नागरिक सुशासन समाजको भूमिका’ शीर्षकमा सचेतना अभियान सुरु गर्नका लागि सोमबार समाजिक अभियान्ता डम्मर राज भट्ट र कञ्चनपुरका प्रहरी उपरीक्षक उमा प्रसाद चतुरबेदीबीच भेट भएको छ।

लागुऔषध रोकथाम तथा समाजिक हिंसाविरुद्ध सहकार्य गर्न सामाजिक अभियान्ता भट्ट र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चतुरबेदीबीच भेटवार्ता भएको हो।

कञ्चनपुर जिल्लामा भइरहेका समाजिक हिंसा र लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि कसरी सहकार्य गर्ने भन्ने शीर्षकमा छलफल भएको सामाजिक अभियन्ता भट्टले बताए।

प्रहरी उपरीक्षक चतुरबेदीले कञ्चनपुर आइसकेपछि विभिन्न अपराधिक क्रियाकलाप रोकथामको लागि विविध सचेतना कार्यक्रम गरिरहेको बताए।

पछिल्लो समय सामाजिक हिंसाका तथा लागुऔषधका घटनाहरु बढिरहेको र त्यस्ता खाले विभिन्न अपराधिक घटनाहरु हुन नदिन प्रहरीसँग सहकार्य गरी शान्त र सुरक्षित समाज निर्माणमा सहयोग पुग्ने अभियन्ता भट्टको भनाइ छ।

‘विभिन्न सामाजिक कार्य गर्दै आएको नागरिक सुशासन समाजले प्रहरीसँगको सहकार्यमा केहि दिनभित्रै सामाजिक हिंसा र लागुऔषध रोकथामको काममा सुरु गर्नेछ,’ अभियन्ता भट्टले भने।

साउन ११, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्