दाङको पर्सेनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

लमही तुलसीपुर फोरलेन सडक खण्ड अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीमा बाटो निर्माणको लागि खनेको खाडलमा परेर मंगलबार बिहान एकजनाको मृत्यु भएको हो ।

तुलसीपुर बिजौरी जाँदै गरेको रा ६ प ७२५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा टरिगाउँ निवासी ३८ वर्षीय चुडामणी भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

‘बिहान ५ बजे हामीलाई खबर आयो । घटनास्थल पुग्दा फोरलेन सडकको खाडलमा मोटरसाइकल दुर्घटना भएको पायौँ’ प्रहरी निरीक्षक झलक शर्माले भने, ‘शव राप्ती प्रादेशीक अस्पतालमा पु¥याएका छौँ ।’ फोरलेन सडक समयमा नबन्दा दुर्घटनाको जोखिम बढेको हो ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्