ब्यारेकको आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई किट वितरण

सिमकोट– बराहा दल गुल्म रानीवनको आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई कोरोना विरुद्धका किट वितरण गरिएको छ ।

सिमकोटस्थित नेपाली सेनाको बहारा दल गुल्म रानीवनको आइसोलेसनमा कोरोना संक्रमण भएर बसिरहेका नौजना संक्रमित सहित १६ जनालाई किट वितरण गरिएको जिल्ला अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले बताइन् ।

आइसोलेसनमा रहेका सबै संक्रमितलाई उक्त सामग्री वितरण गरिएको हो । संक्रमितलाई चाँडो कोरोना जित्न चाहिने र सरसफाइका सामग्री सहयोग गरिएको हो।

किटमा ५० वटा मास्क, सेनिटाइजर, लुगा धुने साबुन, हात धुने साबुन, थर्ममिटर, पीयूष, वाटरगार्डलगायत सामग्री रहेका छन् ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्