उत्तर र दक्षिण कोरियाबिचको हटलाइन सेवा सुरु

उत्तर कोरिया र दक्षिण कोरियाले दुई देशबिचको सञ्चारका लागि हटलाइन सेवा पुनः सुचारु गरेका छन् । गएको वर्षको जुनमा उत्तर कोरियाले हटलाइन बन्द गरेको थियो ।

दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताहरु विश्वास पुनः स्थापित गरि सहकार्य बढाउन सहमत भएका छन् । गएको अप्रिल यता दुई देशका नेताबिच विभिन्न समयमा पत्राचार भएका थिए ।

दुई देशबिचको सम्मेलनमा सहमति नजुटेपछि उत्तर कोरियाले गएको सन् २०२० को जुनदेखि हटलाइन बन्द गरेको थियो ।

सञ्चार सेवाका लागि सीमा नजिक स्थापित अन्तर कोरिया कार्यालय उत्तर कोरियाले ध्वस्त पारेको थियो । पछिल्लो सहमति अनुसार स्थानीय समय अनुसार मंगलबार बिहान १० बजेदेखि हटलाइन सेवा सुरु भएको हो ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्