प्रचण्डको भेटवार्ता दौडाहा: बिहानै गरे प्रधानमन्त्री, सभामुख, नेता नेपालसँग छलफल

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान करिब एक घण्टा देउवा र प्रचण्डबिच वार्ता भएको हो ।

भेटमा मन्त्रीपरिषद बिस्तारसहितका समसामयीक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ ।

त्यसअघि प्रचण्डले नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । नेपाललाई भेटेर प्रचण्ड सीधै बालुवाटार गएका हुन् ।

प्रधानमन्त्री देउवासँगको भेटपछि प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटासँग पनि भेटवार्ता गरेका छन् ।

लैनचौरस्थित सभामुख निवासमा सापकोटा र प्रचण्डबिच भेट भएको हो । उनीहरुबिच करिब ३५ मिनेट कुराकानी भएको जनाइएको छ ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्