नर्भिक हस्पिटलले शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ – नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रका अनुसार आउने शनिबारदेखि नै सेवा सुरु हुनेछ ।

प्रत्येक साताको शनिबार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपिडी सेवा दिनेछन् ।

निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपिडी प्रमुख क्षीतिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिने जनाइएको छ ।

विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् । विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

नर्भिक अस्पतालले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपिडी सेवा संचालनको घोषणा गरेको छ ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्