२७ किलो गाँजासहित एकजना पक्राउ

वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट २७ किलो गाँजासहित एकजना पक्राउ परेका छन्।

गाँजासहित प्रहरीले पटेर्वा सुगौली गाउँपालिका–४ निवासी वर्ष ६० को बासुदेव माझीलाई पक्राउ गरेको हो।

सोमबार राति ९ बजे उनी पक्राउ परेका हुन्।

उनको साथबाट दुई वटा बोरामा २७ किलो गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्