चलचित्र छायांकनको क्रममा घाइते भए अभिनेता विराज भट्ट

विराज भट्ट। फाइल तस्बिर

काठमाडौँ – अभिनेता विराज भट्ट चलचित्र छायांकनको क्रममा घाइते भएका छन्।

भोजपुरी चलचित्र ‘आक्रोश’ को छायांकनको क्रममा उनको खुट्टामा चोट लागेको छ।

भारत सरकारले चलचित्र छायांकनको लागि अनुमति दिएपछि उनी केही दिन अगाडि लखनऊ पुगेका थिए।

एक्सन सिनमा काम गर्दा बायाँ खुट्टाको घुँडामा समस्या आएको र चिकित्सकले तीन सातासम्म आराम गर्नुपर्ने बताएको उनले जनाएका छन्।

कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकछत्र राज गरेका नायक हुन् विराज भट्ट।

उनले नेपालीसँगै भोजपुरी चलचित्रमा काम गर्न थाले र उतै व्यस्त भए।

लामो समय नेपाली चलचित्र क्षेत्रभन्दा टाढा बसेका भट्टले गएको वर्ष आफ्नै प्रडक्शनमा ‘साङ्लो’ निर्माण गरेका थिए।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्