प्रभुराम शर्मालाई कार्यबाहक प्रधान सेनापतिको जिम्मेवारी

काठमाडौं- नेपाली सेनाको कार्यबाहक प्रधानसेनापतीको जिम्मेवारी प्रभुराम शर्मालाई दिइएको छ।

वर्तमान प्रधानसेनापती पूर्णचन्द्र थापा विदा बस्ने तयारी गरिरहेका बेला मंगलबार बसेको मन्त्रि परिषद् बैठकले‍ शर्मालाई कार्यबहाक प्रधान सेनापतीको जिम्मेवारी दिएको हो।

थापाले भदौ २५ गतेबाट सेवाबाट अवकाश पाउँदैछन्। त्यसअघि उनले साउन २४ गतेबाट विदा बस्ने तयारी गरेका छन्। नेपाली सेनामा प्रधान सेनापतीले अवकाश पाउनुभन्दा एक महिनाअघि देखि विदा बस्ने चलन छ। शर्माले साउन २५ गतेबाट लागु हुने गरि कार्यबहाक प्रधान सेनापतीको जिम्मेवारी पाएका हुन्। थापापछि नेपाली सेनाको प्रधान सेनापती शर्मा बन्दैछन्।

शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका छन्।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्