कोरोना लागेका ४७ जनाको नमूना परीक्षण गर्दा सबै डेल्टा भेरियन्ट, ३ वटामा नयाँ भेरियन्ट

सांकेतिक तस्बिर।

काठमाडौं- ४७ कोरोना संक्रमितको नमुना भारतको नयाँ दिल्लीस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयमा जिनोमिक पहिचानका लागि पठाइएकामा सबैमा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले असार ३० गते ती नमूनाहरु भारत पठाएको थियो। जिनोमिक पहिचान गरिएकामा ३ वटामा थप उत्परिवर्तन भेटिएको जनाइएको छ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म भेरियन्ट अफ कन्सर्नका रुपमा अल्फा र डेल्टा भेरियन्ट भेटिएको र भेरियन्ट अफ इन्ट्रेस्टका रुपमा कप्पा भेरियन्ट भेटिएको हो।

यी भेरियन्टहरु बढी संक्रामक हुने र सबै उमेर समूहकालाई असर पार्न सक्ने मन्त्रालयले जनाएको छ।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्