फोटो फिचर

सिन्धुलीगढीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिले भोलि उद्घाटन गर्ने (तस्बिरहरु)

काठमाडौँ– सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।

‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ।

युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गतेबाट निर्माण थालिएको संग्रहालयको लागत ६ करोड ५० लाख रुपैयाँ रहेको छ।

संग्रहालयमा तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीसँग भएको लडाईंका घटनाक्रम, डकुमेन्ट्री, नक्सा, तत्कालीन समयमा प्रयोग भएका हातहतियार, दस्तावेज प्रतिविम्बित गरी उजागर गरिएको छ।

उक्त युद्धमा लडेका योद्धाहरुको विवरणसमेत संग्रहालयमा राखिएको छ।