फोटो फिचर

कोरोना नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेका स्थानीय तहलाई खोप व्यवस्थापनको दृश्यले गिज्यायो (तस्बिरहरू)

झापा – कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेका प्रदेश १ का स्थानीय तहलाई कोरोनाविरुद्धको खोप ‘भेरोसेल’ लगाउने कामको व्यवस्थापनले गिज्याएको छ।

५५ वर्षभन्दा माथिका नागरिकका लागि मंगलबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तालिकामा स्थानीय तहको लापरवाहीका कारण खोप केन्द्र नै कोरोना संक्रमणको थलो बन्ला कि भन्ने चिन्ता थपिएको छ।

मंगलबार बिहान बुद्धशान्ति गाउँपालिका परिसर पुग्दा खोप लगाउने नागरिकको लाम निकै व्यवस्थित गर्न गाह्रो हुने गरि लामो भइसकेको थियो। खोप लगाउने मानिस बिहान करिब ८ बजेदेखि लाम लागेका थिए।

मानिसहरू ठेलमठेल गरेर लाइनमा बस्दा पनि उनीहरूलाई व्यवस्थित गर्ने मान्छे कोही थिएनन्। पछि गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल आफैं आएर व्यवस्थापनमा खटिएका थिए।

खासगरि जनसंख्या बढी भएका स्थानमा धेरै नै भीडभाड देखिन्थ्यो। मोरङ र सुनसरीका खोप केन्द्र पनि उस्तै रहेका विवरण आएका छन्। उभिनै नसक्ने बृद्धबृद्धा पनि घण्टौंसम्म लाइनमा थिए। कोही मुडा लिएर लाइनमै बसेका थिए। कोही छेउछाउका ढुंगा तानेर पनि बसेका थिए।

बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले मानिसहरूलाई भीडभाड नगर्नु भनेर आग्रह गर्दा नटरेको बताए। तर कर्मचारी थप गरेर भए पनि फेरि त्यस्तो अवस्था आउन नदिने शिवाकोटीले बताए।

तस्बिरहरूः