अमेरिकी विदेशमन्त्रीले गरे प्रधानमन्त्री देउवालाई टेलिफोन

भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका छन्।

अमेरिकी विदेश मन्त्रालयका अनुसार देउवासँग मन्त्री ब्लिन्केनले नेपाल-अमेरिका साझेदारीको महत्त्वमा जोड दिँदै अमेरिकाले हालै नेपाललाई दिएको १५ लाख भ्याक्सिन र अन्य कोभिड सहायताबारे छलफल गरेका थिए।

यसबाहेक जलवायु परिवर्तनलगायतका विषयमा द्विदेशीय साझेदारीका बारेमा पनि दुई नेताद्वयबीच कुराकानी भएको थियो।

साउन १२, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्