बिध ल्याबले पूरा गर्‍याे एक वर्ष, परीक्षणमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ – सरकारबाट ‘ए’ ग्रेडको मान्यता पाउन सफल बिध ल्याबले स्थापनाको एक वर्ष पूरा गरेको छ।

ललितपुरको कुपण्डोस्थित युएन पार्क नजिकै रहेको ल्याबले अघिल्लो वर्ष आजकै दिनबाट सेवा सञ्चालन गरेको थियो। छोटो समयमै निकै लोकप्रियता कमाएको यस ल्याबले सञ्चालको एक वर्ष पूरा गरेकोमा विभिन्न अफरहरु ल्याएको छ।

एनिभर्सरीको उपलक्ष्यमा ल्याबमा हुने प्रत्येक परीक्षणमा छुटको व्यवस्था गरिएको छ। ल्याबका अनुसार आज दिनभर हुने पीसीआर लगायतका सबै परीक्षणमा ५० प्रतिशत छुट व्यवस्था गरिएको छ। त्यस्तै, एक हप्तासम्मका लागि सबै प्रकारका परीक्षणमा ४० प्रतिशत छुट गरिएको छ।

कोरोना भाइरस महामारीबाट विश्व नै जुधिरहेको बेला स्थापना भएको यस ल्याबले स्थापनाकाल देखि नै सरकारलाई सहयोग गर्दै अघि बढिरहेको  । साथै, ल्याबले उपत्यकासहित काठमाडौँ बाहिरका शहरहरुमा पनि आफ्नो कार्यालय विस्तार गरिरहेको छ।

सरकारलाई विभिन्न विधामा सहयोग गर्दै आएको यस ल्याबले सरकारले ५५०० रुपैयाँसम्म पीसीआर शुल्क लिन सक्ने भनेर तोकेको बेलामा ४००० हुँदै २००० रुपैयाँसम्ममा पीसीआर गर्नेसम्म लविइङ गरेको थियो। एक वर्षको अवधिमा अहिलेसम्म एक लाख ३० हजार पीसीआर परीक्षण गरिएको ल्याबले जनाएको छ। त्यस्तै, अन्य ५० हजार प्याथोलोजि परीक्षण गरीएको जनाइएको छ।

दोस्रो भेरियन्टको संक्रमितको संख्या बढेपछि मुलुकभर अक्सिजन सिलिण्डर अभाव भएपछि सुरुमा बिध म्यानेजमेन्टले चीनबाट सिलिण्डर आयात गरेको थियो। कोभिडको महामारीबाट अझै मुक्त हुन नसकेको भन्दै सरकार र सर्वसाधरणलाई आफूहरुसँग सहकार्य गरेर अघि बढ्न ल्याबका अध्यक्ष तथा संचालक बिके भण्डारीले आह्वान गरेका छन्।

महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न प्रतिबद्ध भएको भन्दै आगामी दिनमा ल्याबका तर्फबाट अझै सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उनले बताए। अक्सिजनको चरम अभाव भएको बेलामा ल्याबले ललितपुर महानगरपालिकासहित अन्य अस्पतालहरुलाई अक्सिजन सिलिन्डर सहयोग गरेको थियो।

त्यस्तै, विभिन्न चाडपर्वहरुमा छुटको व्यवस्था गरिँदै आएको छ। त्यस्तै विभिन्न मेडिकल विद्यार्थीहरुको परीक्षामा सहभागी हुनका लागि गर्नपर्ने पीसीआर परीक्षणका लागि पनि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्