दाङ – दाङमा कागजपत्र नभएको सालको २७ थान चिरान काठ प्रहरीले बरामद गरेको छ ।

घोराही उपमहानगरपालिका–१० नारायणपुर स्थित दुर्गा केसीको घरमा साल जातको चिरान काठ लुकाई राखेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले खानतलासी गर्दा सो काठ बरामद भएको हो ।

सालको चिरान काठ ४५ क्यूफिट (२७ थान) फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराहीमा पठाइएको छ ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्