सुनको मूल्य तोलामा तीन सय रुपैयाँ बढ्यो

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९१ ८ सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने घटेको छ।

चाँदीको मूल्य बुधबार तोलामा १५ रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्