गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु

सांकेतिक तस्बिर।

बुटवल – गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसिकोट नगरपालिका ४ दोभान भन्ने ठाउँमा लु १ ज ४५ ६५ नम्बरको जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । अरु सातजना घाइते भएका छन् ।

शान्तिपुरबाट सदरमुका तम्घासका लागि छुटेको जिप बिहान साढे ११ बजेतिर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिए।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। मृत्यु हुनेको सनाखत हुन सकेको छैन।

साउन १३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्